Advertisement 1 Advertisement 2

चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

काठमाण्डौ – चाडपर्वका बेला घर फर्कने यात्रुको सुरक्षा, सहज आवागमन तथा सम्भावित ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर २४ सै घण्टा उच्च सुरक्षा सतर्कतासहित प्रहरी परिचालन गरेको छ ।

दशैँ–तिहार लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत लामो दूरीका यात्रुवाहक गाडीका चालकको जाँडरक्सी तथा लागूऔषध खाएको परीक्षणदेखि राजमार्गका होटल तथा खाजा घरमा हुने कालोबजारी र बढी भाडा असुली नियन्त्रणसम्मका कार्यलाई कडाइ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले चाडपर्वका बेला प्रहरी कर्मचारीको नियमित बिदासमेत स्थगन गरी नागरिकको सुरक्षामा टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार लामो दूरीका गाडी छुट्ने ठाउँमै चालकको अनुमति पत्र, गाडीको यान्त्रिक अवस्था तथा मादक पदार्थ र लागूऔषध सेवन गरे–नगरेको जाँच भइरहेको छ ।

त्यस्तै, राजमार्गका होटल तथा खाजा घरमा गुणस्तरहीन र मिसावटयुक्त खाना बिक्री गर्ने, बढी मूल्य असुल्ने तथा यात्रुलाई ठगी गर्ने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायसँगको समन्वयमा छड्के अनुगमन भइरहेको छ ।

  • Related Posts

    भैरहवामा हाउसकिपिङ तालिमको उद्घाटन, सीपमार्फत रोजगारीका अवसर सिर्जना हुने विश्वास

    भैरहवा । दिगो पर्यटन परियोजना (Sustainable Tourism Project–STP) को आयोजनामा, राष्ट्रिय बहिरा महासंघ नेपालसँगको सहकार्य तथा होटल संघ नेपाल, लुम्बिनी प्रदेशको समन्वयमा सञ्चालन हुने हाउसकिपिङ तालिमको उद्घाटन सम्पन्न भएको छ।…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    यात्रामा तिमी -गिता न्यौपाने

    यात्रामा तिमी -गिता न्यौपाने

    न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास

    न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास