गुल्मी , १३ कात्तिक
केशब घिमिरे
गुल्मीको मुसिकोट नगरपालिका-१ थामडाँडामा “पाँचौ थामडाँडा कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम -२०८३ “हुने भएको छ ।
थामडाँडामा श्री सिर्जनशील नमुना युवा क्लबको आयोजनामा “पाँचौ थामडाँडा कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम -२०८३ आयोजना गरिएको क्लबका अध्यक्ष हरि शंकर के.सी ले जानकारी दिनु भयो ।
प्रतियोगितामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता , वडा स्तरीय भेनट्रान्स भलिबल प्रतियोगिता , खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगिता र खुल्ला रेकर्ड नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरू रहेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय युवा तथा खेलप्रेमीहरूलाई खेलकुद र सांस्कृतिक गतिविधिमा सहभागी गराई उनीहरूको प्रतिभा उजागर गर्नु, सृजनशीलता प्रवर्द्धन गर्नु , आपसी सद्भाव तथा स्वस्थ प्रतिस्पर्धा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष के.सीले बताउनुभयो ।
खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु.४१,०००/-कप ,मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु.२६,००० /-कप ,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दर्ता शुल्क रु.३,००० /- लाग्नेछ ।
खुल्ला वडा स्तरीय पुरुष भेनट्रान्स भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु.१६,०००/-कप,मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु.११,०००/- कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दर्ता शुल्क रु.२००० /- लाग्ने छ ।
त्यस्तै
खुल्ला वडा स्तरीय महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु.१५,०००/-कप ,मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु.१०,००० /-कप ,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दर्ता शुल्क रु.१५०० /- लाग्नेछ ।
यसै गरि
खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु.९०००/-र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु.७,००० /- र प्रमाणपत्र, र तृतीय पुरस्कार नगद रु.५,०००/- र प्रमाणपत्र , सान्त्वना पुरस्कार नगद रु.३,०००/- र प्रमाणपत्र प्रदान गरिनेछ । दर्ता शुल्क रु.१,००० /- लाग्ने छ । प्रतियोगितामा सहभागीहरूले मौलिक प्रस्तुति दिनुपर्नेछ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने जनाइएको छ।
भलिवल प्रतियोगिताको लागि नाम दर्ताको समय कात्तिक १७ गते दिउँसो २ः०० बजे सम्म रहेको छ भने खेल तथा सांस्कृतिक कार्यक्रम कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ।






