Advertisement 1 Advertisement 2

एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधिको प्रयोग हुने भएको छ । एनपीएलको तेस्रो संस्करणमा डीआरएस को प्रयोग हुने भएको हो ।

एनपीएलको फेसबुक पेजमा आज सार्वजनिक भिडियोमा डीआरएस प्रयोग हुने बारे औपचारिक जानकारी गराइएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले यसअघि एनपीएलमा डीआरएस भित्र्याउनेबारे छलफल भैरहेको जानकारी दिनुभएको थियो ।

डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ ।

यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग र खेलको निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने नयाँ उपलब्धि थपिएको छ । एनपीएल यही कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

  • Related Posts

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    रुपन्देही, १३ कात्तिककेशब घिमिरे मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलहरूमा सरसफाई प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले सरसफाई अभियानलाई अझ प्रभावकारी र…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    यात्रामा तिमी -गिता न्यौपाने

    यात्रामा तिमी -गिता न्यौपाने

    न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास

    न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास