Advertisement 1 Advertisement 2

मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

रुपन्देही, १३ कात्तिक
केशब घिमिरे

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलहरूमा सरसफाई प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले सरसफाई अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउन सेवा क्षेत्रभित्रका टोलहरूलाई प्रति टोल रू. १२,००० बाह्र हजार रुपैयाँ का दरले नगद सहयोग उपलब्ध गराएको हो।

सैनामैना नगरपालिका वडा नं. ४ मुर्गिया, रूपन्देहीमा अवस्थित यस संस्थाले स्थापनाकालदेखि नै खानेपानी वितरणसँगै सरसफाई, जनचेतना र विभिन्न सामाजिक हितका कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ। टोलस्तरमा नियमित सरसफाई, फोहोरमैला व्यवस्थापन तथा समुदायलाई स्वस्थ र सफा राख्ने अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाका सचिव निर्मलराज पौड्यालले जानकारी दिनुभयो।संस्थाको यस किसिमको सहयोगले टोल विकास संस्था तथा स्थानीयवासीहरूलाई सरसफाई कार्यक्रम सञ्चालन गर्न थप ऊर्जा मिल्ने संस्थाका अध्यक्ष लालबहादुर रावलले विश्वास व्यक्त गर्नुभयो। साथै, यस कदमले संस्थाको मूल नारा “सफा पानी पिउँ, निरोगी बनौं” लाई अझ सार्थक बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
संस्थाका अध्यक्ष लालबहादुर रावलको अध्यक्षता तथा सचिव निर्मलराज पौड्यालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा ३० वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, संस्थाका कार्यसमिति सदस्यहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो।

  • Related Posts

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधिको प्रयोग हुने भएको छ । एनपीएलको तेस्रो संस्करणमा डीआरएस को प्रयोग हुने भएको हो । एनपीएलको…

    लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

    दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन भएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा भएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    यात्रामा तिमी -गिता न्यौपाने

    यात्रामा तिमी -गिता न्यौपाने

    न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास

    न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास