Advertisement 1 Advertisement 2

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन भएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा भएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन ।

जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीहरूसँग परिचयात्मक कार्यक्रम गरिएको थियो । परिचयात्मक कार्यक्रम पश्चात् मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसंग प्रमुख सचिव कुँवरले भेट गरेका थिए ।

परिचयात्मक कार्यक्रममा प्रदेश सचिव निता पोखरेल अर्यालले लुम्बिनी प्रदेशको समग्र अवस्था, प्रशासनिक संरचना, जनशक्तिको अवस्था तथा प्रदेश सरकारका प्राथमिकताबारे जानकारी गराएकी थिइन ।

कार्यक्रममा प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत परिणाम दिन सकिने बताए ।

‘शासकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिन्छ,’उनले भने, ‘प्रदेशले संविधानले दिएको अधिकारअनुसार आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्छ ।’ उनले प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन सामूहिकतामा काम गर्ने अभ्यास आवश्यक रहेको र त्यसमा आफूले जोड दिने गरेको स्पष्ट पारे ।

कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रमुख सचिव कुँवरले कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। ‘म सहकार्यमा विश्वास गर्छु । सबै मिलेर काम गर्दा मात्रै परिणाम दिन सकिन्छ,’उनले भने ।

  • Related Posts

    जलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

    काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

    लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

    भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

    भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

    अमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती

    अमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती

    जलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

    जलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

    रसुवा बाढीको पीडा समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक

    • By admin
    • September 15, 2026
    • 24 views
    रसुवा बाढीको पीडा समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक

    NBA Finals 2025: LeBron James’ Final Championship Run Sparks Excitement

    • By admin
    • September 15, 2026
    • 17 views
    NBA Finals 2025: LeBron James’ Final Championship Run Sparks Excitement