Advertisement 1 Advertisement 2

रसुवा बाढीको पीडा समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक

बुटवल । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षति र मानवीय पीडालाई प्रस्तुत गरिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक भएको छ।

डी. डी. पन्तको शब्द रचना रहेको यस गीतमा बाढीका कारण घरबारविहीन भएका परिवार, बेपत्ता आफन्तको वेदना, ध्वस्त भौतिक संरचना र खोसिएका सपनाहरूलाई मार्मिक रूपमा उतारिएको छ। पन्तका अनुसार यो गीतको स्वर र संगीत ‘सुनोडटकम’ मार्फत तयार पारिएको हो।

Hi Life

गीतले विपत्तिले ल्याएको तात्कालिक र दीर्घकालीन सामाजिक प्रभावलाई मात्र नभई प्रकृति र मानवबीचको बिग्रँदो सम्बन्धमाथि पनि गम्भीर प्रश्न उठाएको छ।

विशेष गरी हिमाली तथा तटीयरनदी क्षेत्रमा भइरहेको अनियन्त्रित दोहन, बढ्दो तापक्रमको असर, दिगो योजनाविना गरिएका विकास निर्माणका काम तथा बाढी(पहिरोजस्ता सम्भावित जोखिम न्यूनीकरणमा राज्य एवम् सरोकारवालाको उदासीनताजस्ता ज्वलन्त मुद्दाहरूलाई गीतमार्फत उठान गरिएको रचनाकार डी. डी. पन्तले बताए।

सुभाष पन्तले सम्पादन गरेको गीतको भिडियोमा बाढी आएको त्रासदीपूर्ण क्षण, त्यसले निम्त्याएको विनाश र बाढीपछिका कारुणिक दृश्यहरूलाई हुबहु समेटिएको छ। २०८३ भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको थियो।

  • Related Posts

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मी , १३ कात्तिककेशब घिमिरे गुल्मीको मुसिकोट नगरपालिका-१ थामडाँडामा “पाँचौ थामडाँडा कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम -२०८३ “हुने भएको छ ।थामडाँडामा श्री सिर्जनशील नमुना युवा…

    न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास

    सैनामैना । न्यु एकेडेमी बोर्डिङ स्कुल, सैनामैनाका कक्षा १० का विद्यार्थीहरूले संघीय प्रतिनिधि सभाको नमुना बैठक प्रस्तुत गरेका छन् । शुक्रबार विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले संघीय संसद्को बैठक सञ्चालन प्रक्रिया,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    यात्रामा तिमी -गिता न्यौपाने

    यात्रामा तिमी -गिता न्यौपाने