Advertisement 1 Advertisement 2

वनदेवी सेभेन ए साइड फुटबल : कालिका उछ्डिहवा टोल च्याम्पियन ।

बुटवल, २२ कार्तिक
केशब घिमिरे

सैनामैना नगरपालिका–२ मा आयोजित ‘टोलस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता २०८३’ को उपाधि कालिका उच्छडिहवा टोल विकास संस्थाले हात पारेको छ। संगम युथ क्लब, परोहाको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा कालिका उछ्डिहवा टोल विकास संस्थाले जित निकाल्दै उपाधि चुमेको हो।

प्रतियोगितामा विजेता बनेको कालिका उछ्डिहवा टोल विकास संस्थाले नगद ११,१११ रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्‍यो भने उपविजेता बनेको हरियाली टोल विकास संस्थाले नगद ५,५५५ रुपैयाँ र मेडलमा चित्त बुझायो।
वनदेवी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा १–० गोल अन्तरले विजयी हुँदै कालिका उछ्डिहवाले उपाधि सुरक्षित गरेको हो।
विजेता तथा उपविजेता टिमलाई सैनामैना वडा नं. २ का वडाध्यक्ष अम्मर बहादुर कँडेल, क्लबका अध्यक्ष सुजन पौडेल र कार्यक्रम संयोजक भुवन भुसालले पुरस्कार वितरण गर्नुभएको थियो।


पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडाध्यक्ष अम्मर बहादुर कँडेलले क्लबले सेभेन ए साइड प्रतियोगिता आयोजना गरेर तल्लो तहबाटै फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएकोबारे चर्चा गर्नुभयो। साथै, आगामी दिनमा वडाबाटै राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो। क्लबले यसै वर्षदेखि ‘वनदेवी सेभेन ए साइड फुटबल प्रतियोगिता’ लाई आफ्नो ब्राण्डका रूपमा सञ्चालन गर्न सुरु गरेको छ।

वडा तहबाटै फुटबल खेलाडीहरूलाई प्रोत्साहन गर्न यो प्रतियोगितालाई ब्राण्डका रूपमा अघि बढाइएको क्लबका अध्यक्ष सुजन पौडेलले बताउनु भयो ।कार्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा कुल ८ वटा टोल विकास संस्थाका टिमहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रममा ९ वटै टोल विकास संस्थाका अध्यक्षहरूको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव महेश खनालले गर्नुभएको थियो।

  • Related Posts

    रास्वपा सैनामैनाले सञ्चालनमा ल्यायो नगर पार्टी कार्यालय

    मङ्सिर ४ शुक्रबार सैनामैना ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना नगर समितिले आफ्नो नगर पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ। सैनामैना नगरपालिका–५ बुद्धनगर, रुपन्देहीमा कार्यालय स्थापना गरी पार्टीले औपचारिक रूपमा कार्यालय सञ्चालनमा…

    मनकामना खानेपानी संस्थाको छैटौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा ५ जनाको उम्मेदवारी

    सैनामैना ,१७ कात्तिककेशब घिमिरे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ मा रहेको मनकामना खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैटौँ साधारण सभा तथा चौंथो अधिवेशन मंगलबार सम्पन्न भएको छ।​संस्थाका अध्यक्ष गोर्ख…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    रास्वपा सैनामैनाले सञ्चालनमा ल्यायो नगर पार्टी कार्यालय

    रास्वपा सैनामैनाले सञ्चालनमा ल्यायो नगर पार्टी कार्यालय

    वनदेवी सेभेन ए साइड फुटबल : कालिका उछ्डिहवा टोल च्याम्पियन ।

    वनदेवी सेभेन ए साइड फुटबल : कालिका उछ्डिहवा टोल च्याम्पियन ।

    मनकामना खानेपानी संस्थाको छैटौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा ५ जनाको उम्मेदवारी

    मनकामना खानेपानी संस्थाको छैटौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा ५ जनाको उम्मेदवारी

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।