Advertisement 1 Advertisement 2

जलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाउनुभएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधानलगायतका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइ छ ।

विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिम चट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायतका समस्याहरू हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधितामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनुभएकाे छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुशी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र पालिकाबीच बलियो सहकार्य हुन आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ ।

घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुई दिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनमा देशभरका धेरैजसाे गाउँपालिकाका प्रमुख तथा नगरपालिकाका मेयर एवम् जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ ।

हिमपहिरोबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले अपूरणीय जनधनसहित भौतिक सम्पत्तिको क्षति पुर्‍याएको तथा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा याे सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।

  • Related Posts

    लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

    दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन भएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा भएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    यात्रामा तिमी -गिता न्यौपाने

    यात्रामा तिमी -गिता न्यौपाने